न्युजिल्यान्डले आयरल्यान्डलाई ३५ रनले हरायो

 कात्तिक १८, २०७९ शुक्रबार १३:१७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटमा न्युजिल्यान्डले आयरल्यान्डलाई हराएको छ । एडिलेडमा आज शुक्रवार भएको खेलमा न्युजिल्यान्डले आयरल्यान्डलाई ३५ रनले हरायो ।

न्युजिल्यान्डले दिएको एक सय ८६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५० रनमात्र बनाउन सक्यो । उसका लागि पउल स्टर्लिङले ३७ र एन्ड्रियु बलबिर्नेले ३० रन बनाए । बलिङतर्फ लकी फर्गुसनले तीन तथा टिम साउथी, मिचेल स्यान्टनर र इश सोधीले दुई–दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ८५ रन बनायो । उसका लागि केन विलियमसनले ६१, फिन एलेनले ३२ र ड्यारी मिचेलले नटआउट ३१ रन बनाए ।

यो जितसँगै न्युजिल्यान्ड पाँच खेलमा सात अङ्कसहित समूह-१ को तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेकाे छ । आयरल्यान्ड भने तीन अङ्कसहित पाँचौँ स्थानमा छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया