नेपाल टी–२० क्रिकेट लिग : काठमाण्डौले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउँदै पोखरा

 पुस १८, २०७९ सोमबार ११:३२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा काठमाण्डाै नाइट्सले पोखरा एभेन्जर्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डाैले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनायो । काठमाण्डाैका लागि एलेक्स ब्लेकले ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै, सुनाम गौतमले ४५, भिरनदीप सिंहले ३२ र रायन ब्रुलले १० रन बनाए ।

पोखराका लागि तुलबहादुर थापाले २ विकेट लिए भने  प्रतिस जिसी र कुशल मल्लले समान १/१ विकेट लिए । काठमाण्डौले अहिलेसम्म ५ खेलमा तीनमा जित निकालेको छ भने दुईमा हार बेहोरेको छ । काठमाण्डौ तालिकाको तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको पोखरा भने ७ खेलमा दुईमा मात्रै विजयी छ ।

यस्तै, फार वेस्ट युनाइटेड र जनकपुर रोयल्सबीचको खेल दिउँसो १ बजे हुनेछ । यो खेल पनि कीर्तिपुर मैदानमै हुनेछ । पाँच खेलमा एकमा मात्र विजयी भएको फार वेस्ट तालिकाको पुछारमा छ भने जनकपुर तालिकाको दोस्रो स्थानमा छ । जनकपुरले अहिलेसम्म ६ खेल खेलेकोमा ४ मा जित निकालेको छ । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया