प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमकाे विजयी सुरुवात

 पुस २९, २०७९ शुक्रबार १८:१३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले विजयी सुरुवात गरेको छ । जनता क्रिकेट पार्क इटहरीमा भएकाे खेलमा सुदूरपश्चिमले बाग्मतीलाई ३३ रनले हरायाे । 

सुदूरपश्चिमले दिएकाे एक सय २८ रनकाे लक्ष्य पछ्याएकाे बाग्मतीले २० ओभरमा सात विकेट गुमाएर ९४ रनमात्र बनाउन सक्याे । बाग्मतीका लागि कञ्चन श्रेष्ठले सर्वाधिक १६ रन बनाइन् । सुदूरपश्चिमकी ऋतु कनाैजिया र मनिशा चाैधरीले दुई/दुई विकेट लिइन् । 

यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे सुदूरपश्चिमले २० ओभरमा पाँच विकेट गुमाएर एक सय २७ रन बनायाे । सुदूरपश्चिमका लागि कविता कुँवरले ५० र ऋतु कनाैजियाले नटआउट २७ रन बनाइन् । बाग्मतीकी अस्मिना कर्माचार्यले दुई विकेट लिइन् ।

जितसँगै सुदूरपश्चिमले अङ्क तालिकामा दुई अङ्क जोडेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको प्रतियोगिता आजदेखि सुरु भएको हो । यो प्रतियोगितामा सात वटा प्रदेश तथा एक विभागीय गरी आठ टाेलीको सहभागिता छ । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

दुई वटा समूहका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल माघ ७ गते हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया