प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ ले लुम्बिनीलाई हरायो, सुदूरपश्चिमसँग गण्डकी पराजित

 माघ २, २०७९ सोमबार १९:२६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आज साेमवार भएकाे खेलमा प्रदेश १ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

आजको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई हराएको छ । इटहरीमा हुस्सु लागेका कारण नाै ओभरमा झारिएको खेलमा प्रदेश १ ले लुम्बिनीलाई नौ रनले हरायो । प्रदेश १ ले दिएको ६० रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले सात विकेट गुमाएर ५० रनमात्रै बनायो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले ३१ रन बनाउनुबाहेक अरू कसैले पनि दोहोरो अङ्कमा रन बनाउन सकेनन् । प्रदेश १ की संगीता राईले तीन विकेट लिइन ।

यसअघि पहिले ब्याटिङ गरेकाे प्रदेश १ का लागि काजल श्रेष्ठले २१ र रुबिना क्षेत्रीले १७ रन बनाइन् । लुम्बिनीकी कृतिका मरासिनी, सरस्वती पुन र विभासना बिसीले एक/एक विकेट लिइन् ।

जितसँगै प्रदेश १ समूह 'बी' मा चार अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । लुम्बिनी दुई अङ्कसहित दोस्रो स्थानमा छ ।

आजको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई नाै विकेटले हरायो । गण्डकीले दिएको ६१ रनको लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा मात्रै एक विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका लागि विन्दु रावलले नटआउट ४६ रन बनाइन ।

यसअघि पहिले ब्याटिङ गरेको गण्डकीका लागि सीमाना जैसीले सर्वाधिक १३ रन बनाइन् । सुदूरपश्चिमकी मनिषा चौधरीले चार विकेट लिइन ।

समूह 'ए' मा सुदूरपश्चिम दुई अङ्कसहित दोस्रो स्थानमा र गण्डकी अङ्कविहीन हुँदै पुछारमा रहेको छ ।

प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय गरी आठ टोलीले खेल्दैछन् । विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया