प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश-१ विजयी, कर्णाली प्रदेश १०  विकेटले पराजित

 माघ ३, २०७९ मंगलबार १२:२६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर–१ विजयी भएको छ ।

इटहरीमा भएको खेलमा प्रदेश-१ ले कर्णाली प्रदेशलाई १०  विकेटले हरायो । कर्णालीको यो लगातार तेस्रो हार हो । मैदान ओसिलो भएको कारण ढिला सुरु खेल ११ ओभरमा झारिएको थियो । जसमा कर्णालीले प्रदेश–१ लाई ४० रनको लक्ष्य दिएको थियो । प्रदेश–१ ले ४ ओभर ५ बलमा विनाविकेट लक्ष्य भेट्टायो ।

प्रतियोगितामा आजै सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्ने छन् । यो खेल दिउँसो १ बजे हुनेछ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया