एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले आज युएई ‘ए’ सँग खेल्दै

 साउन ३, २०८० बुधबार ६:१८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले आज युएई ‘ए’ सँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार बिहान सवा १० बजे श्रीलंकाको पि.सारा ओभल कोलम्बोमा शुरु हुनेछ ।

समूह ‘बी’ मा रहेका नेपाल र युएई ‘ए’ दुवै टोली समूह चरणबाट बाहिरी सकेका छन् । 

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको थियो ।

त्यस्तै युएई पनि भारत र पाकिस्तान ‘ए’ टोलीसँग पराजित भएको थियो ।

आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट श्रीलंका र बंगलादेश तथा समूह ‘बी’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया