भारतको मणिपुरमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ

 साउन ५, २०८० शुक्रबार ९:५२:४१ | एजेन्सी
unn.prixa.net

भारतको मणिपुर राज्यमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

जातीय हिंसाका कारण साढे दुई महिनादेखि अशान्त रहेको मणिपुरमा दुई महिलालाई निर्वस्त्र बनाएर घुमाइएको भिडियो सार्वजनिक भए पछि घटनामा संलग्न रहेको आशङ्कामा चार जनालाई पक्राउ गरेको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनामा संलग्न अन्यमाथि अनुसन्धान भइरहेको र उनीहरु विरुद्ध अपहरण, सामूहिक बलात्कार र हत्याको कसुरमा मुद्दा दायर गरिएको छ । कुकी समुदायका दुई महिलालाई मैतेई समुदायका व्यक्तिले यौन दुर्व्यवहार गरेका खबरमा उल्लेख छ । ती दुई महिलामाथि सामूहिक बलात्कार भएको हुन सक्ने आशङ्का पनि गरिएको छ ।

मणिपुर प्रहरीले घटना गएको मे ४ तारिखमा भएको जनाएको छ । तर भिडियो भने अस्ति सार्वजनिक भएको थियो । मणिपुरमा मे ४ तारिखको अघिल्लो दिनदेखि जातीय हिंसा शुरु भएको थियो । यो घटनालाई लिएर धेरैले सरकारको चर्को आलोचना गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीमाथि दबाब बढेको छ ।

मोदीले घटनाको भर्त्सना गर्दै दोषीलाई कारबाही हुने प्रतिबद्धता जनाउनु भएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया