भारतको दिल्लीमा डाक्टरको सिफारिस बिना एस्पिरिन लगायत तीन किसिमका औषधि बिक्री गर्न प्रतिबन्ध

 साउन ७, २०८० आइतबार ६:५५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतको दिल्ली सरकारले डाक्टरको सिफारिस बिना एस्पिरिन, इबुप्रोफेन र डाइक्लोफेनेक नामको औषधि बिक्री गर्न प्रतिबन्ध लगाएको छ ।

डेङ्गीको संक्रमण बढेपछि मानिसको रगतमा प्लेटलेट्स नष्ट गर्ने र डेङ्गीको प्रकोपकाबीच हानिकारक हुन सक्ने भन्दै दिल्ली सरकारले तीन प्रकारका औषधिको सिफारिस बिना बिक्रीमा प्रतिबन्ध लगाएको हो ।

दिल्ली सरकारले डेङ्गी रोकथामका लागि जारी गरेको सुझावमा डेङ्गीको सम्भावित प्रकोपको मौसममा एस्पिरिन, इबुप्रोफेन र डाइक्लोफेनेक जस्ता औषधिहरूको प्रयोग ‘दर्ता भएका डाक्टरहरूको प्रेस्क्रिप्सन’ बिना बिक्री गर्न प्रतिबन्ध लगाइएको उल्लेख छ ।

सरकारले डाक्टरको सिफारिस बिना यी औषधिहरु बिक्री गरेको पाइएमा कडा कारबाही गर्ने बताएको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा यमुना नदीमा पानीको बहाव बढेसँगै विगत दुई हप्तादेखि विभिन्न क्षेत्रमा भीषण बाढी आएको छ ।

बाढीसँगै डेङ्गी लगायतका संक्रामक रोगको प्रकोप पनि फैलिएको भारतीय संचार माध्यमले जनाएका छन् ।

प्रकोप फैलिएपछि दिल्लीका स्वास्थ्यमन्त्री सौरभ भारद्वाजको अध्यक्षतामा सङ्क्रमणजन्य रोग नियन्त्रणका लागि तयारीबारे उच्चस्तरीय बैठक बसेर विभिन्न निर्णयहरु गरेको हो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया