त्रिदेशीय क्रिकेट शृङ्खलामा यूएईले नेपाललाई दियाे १ सय ६५ रनको लक्ष्य

 कात्तिक ६, २०८० सोमबार १२:४९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैमा भइरहेको त्रिदेशीय क्रिकेट शृङ्खलामा यूएईले नेपाललाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा सात विकेट गुमाएर १ सय ६४ रन बनायो । यूएईका बसिर अहमद र वृत्य अरविन्दले समान ४५/४५ रन बनाए । बलिङतर्फ नेपालका साेमपाल कामी र अविनाश बाेहाेराले समान २/२ विकेट तथा गुल्सन झा र करण केशीले समान एक/एक विकेट लिए । 

नेपाल एक खेल अगाडि नै प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ । नेपालले अहिलेसम्मका ३ खेलमा तीन वटामै जित निकालेको छ ।

नेपाल ६ अङ्ककासाथ  शीर्ष स्थानमा छ । दुई खेलबाट दुई अङ्क जोडेको यूएई दोस्रो र ३ खेलमा कुनै पनि खेल नजितेको हङकङ अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया