भारतमा संसारकै ठूलो कार्यालय तथा व्यापारिक भवनको उद्घाटन हुँदै

 पुस १, २०८० आइतबार १०:५०:५ | एजेन्सी
unn.prixa.net

भारतको गुजरातमा निर्माण भएको संसारकै ठूलो बहुउद्देश्यीय भवनको आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नुहुने भएकाे छ । 

अमेरिकी सुरक्षा मुख्यालय पेन्टागनभन्दा ठूलो सुरत डायमण्ड बोर्स नामको भवन उद्घाटन समारोहमा विश्वका ७० हजार व्यवसायीहरूलाई निमन्त्रणा गरिएको बीबीसी हिन्दीले जनाएको छ । भवनमा चार हजार सात सयभन्दा बढी कार्यालयहरू रहन सक्नेछन् ।

३५ अर्ब भारतीय रुपैयाँ लागत रहेको भवनको निर्माण सन् २०१५ को फेब्रुअरीमा शुरु भएर २०२२ को अप्रिलमा सम्पन्न भएको हो । भवनमा सुरतको हीरा उद्योगले उत्पादन र व्यापार दुवैको लागि एउटै छानामुनि सबै थोक पाउन सकिने उद्देश्य राखेको बताएको छ ।

सुरतले विश्वको प्राकृतिक हीराको ९२ प्रतिशत उत्पादन गर्छ । भवनको नाम संसारकै ठूलो भनेर गएको अगस्टमा गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको थियो । यो भवन ६७ लाख वर्ग फिटमा फैलिएको छ । ६५ हजार मान्छे अट्ने यो भवन कुनै फुटबल रङ्गशाला जस्तै छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया