पहिलो एकदिवसीयमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हरायो

 पुस १, २०८० आइतबार १८:५८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पहिलो एकदिवसीय क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ ।

जोहानेशवर्गमा घरेलु टोलीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य भारतले १६ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो । उसका लागि साई सुदर्शन ५५ रनमा नटआउट रहे । यस्तै, श्रेयस ऐअरले ५२ रन बनाए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिका २७ ओभर ३ बलमा १ सय १६ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका एन्डिले फेहलुकवायोले सर्वाधिक ३३ रन बनाए ।

बलिङतर्फ भारतका अर्शदीप सिंहले ५ र आवेश खानले ४ विकेट लिए । आजको जितसँगै तीन खेलको शृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । यसअघि भएको तीन खेलकै टी–२० शृङ्खला बराबरीमा सकिएको थियो । भारत र दक्षिण अफ्रिकाबीच दुई खेलको टेष्ट शृङ्खला पनि हुनेछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया