भारतको सार्वजनिक ऋण बढेर २४ खर्ब ७० अर्ब डलर पुग्यो, आईएमएफले दियो चेतावनी

 पुस ५, २०८० बिहिबार २०:१६:८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारत सरकारको सार्वजनिक ऋण बढेर २४ खर्ब ७० अर्ब डलर पुगेको छ । गएको आर्थिक वर्षमा भारतको ऋण २३ खर्ब ३९ अर्ब डलर अर्थात् दुई सय लाख करोड रुपैयाँ रहेकोमा अहिले बढेर २४ खर्ब ७० अर्ब डलर अर्थात् दुई सय पाँच लाख करोड रुपैयाँ पुगेको हो ।

भारतको अर्थतन्त्रको आकार बढेर विश्वको पाँचौँ ठूलो भए पनि ऋण पनि बढिरहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एक अध्ययनलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एकातिर भारतले ऋण पनि बढाइरहेको र अर्कोतर्फ डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा ऋण दायित्व बढिरहेको खबरमा उल्लेख छ । यो ऋणमध्ये केन्द्र सरकारको दायित्वमा एक सय ६१ लाख करोड रुपैयाँ रहेको छ भने अरू दायित्व प्रदेश सरकारको रहेको छ ।

यसैबीच आईएमएफले बढ्दो ऋणलाई लिएर भारत सरकारलाई चेतावनी दिएको छ । केन्द्र र प्रदेश सरकारको ऋण बढेर छिट्टै भारतको कुल गार्हस्थ्य उत्पादनभन्दा धेरै पुग्न सक्ने भन्दै चेतावनी दिएको हो । भारतलाई भविष्यमा ऋण तिर्न समस्या हुन सक्ने भन्दै आईएमएफले सचेत पनि गराएको छ । तर आईएमएफको अध्ययनप्रति भारतले असतुष्टि जनाउँदै सरकारी ऋणको अवस्थाबाट डराउनु नपर्ने जनाएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया