दक्षिण अफ्रिकासँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतलाई

 पुस ६, २०८० शुक्रबार ६:३४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण अफ्रिकासँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ । गएराति भएको तेस्रो तथा निर्णायक खेलमा भारतले दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै शृङ्खला २–१ ले जितेको हो ।

जितका लागि २ सय ९७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५ ओभर ५ बलमा २ सय १८ रनमा अलआउट भयो । उसका टोनी डी जोर्जीले ८१ रन जोडे पनि जितका लागि पर्याप्त भएन ।

भारतका अर्शदीप सिंहले ४ तथा आवेश खाँ र वासिङ्टन सुन्दरले समान २/२ विकेट लिए । त्यसअघि पार्लमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९६ रन बनायो । उसका सञ्जु स्यामसनले सर्वाधिक १ सय ८ रनको शतकीय पारी खेले । सञ्जुको यो अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक पनि हो ।

त्यस्तै, तिलक बर्मा ५२ रनमा आउट भए । दक्षिण अफ्रिकाका बेउरान हेन्ड्रिक्सले ३ तथा नान्द्रे बर्गरले २ विकेट लिए । पहिलो खेलमा भारत ८ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ८ विकेटले नै हराएको थियो । अब दुई देशबीच दुई खेलको टेस्ट शृङ्खला हुनेछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया