५ महिनामा वैदेशिक व्यापारका सबै सूचकमा कमी, आर्थिक मन्दीको असर

 पुस ८, २०८० आइतबार १४:४९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको पाँच महिनामा वैदेशिक व्यापारका सबैजसो सूचकमा कमी आएको छ । आर्थिक मन्दीका कारण कुल वैदेशिक व्यापार, आयात, निर्यात र व्यापार घाटामा विगतको तुलनामा कमी आएको हो ।

भन्सार विभागका अनुसार साउनदेखि मङ्सिरसम्म पाँच महिनामा छ खर्ब ४२ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । यो आयात गएको वर्षको पाँच महिनाको तुलनामा तीन दशमलव ३९ प्रतिशतले कम हो । गएको वर्ष सरकारले विभिन्न वस्तुको आयातमा बन्देज लगाए पनि साउनदेखि मङ्सिरसम्म ६ खर्ब ६४ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।

यस्तै पाँच महिनामा ६३ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएकाे छ । यो निर्यात पोहोरको पाँच महिनाको तुलनामा छ दशमलव शून्य नौ प्रतिशतले कम हो । अघिल्लो महिना मङ्सिरमा एक खर्ब ३० अर्ब रुपैयाँको वस्तु आयात भएको छ, गएको वर्षको मङ्सिरमा भने एक खर्ब ३२ अर्ब रुपैयाँको सामान भित्रिएको थियो ।

आयात/निर्यातमा नै कमी आएपछि व्यापार घाटा पनि घटेको छ । पाँच महिनामा पाँच खर्ब ७९ अर्ब रुपैयाँको व्यापार घाटा छ । गएको वर्षको पाँच महिनामा पाँच खर्ब ९७ अर्ब रुपैयाँको व्यापार घाटा थियो । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ प्रतिशत छ भने निर्यातको हिस्सा जम्मा नौ प्रतिशत हाराहारी मात्रै छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया