ग्लोबल आईएमईद्वारा ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

 पुस ८, २०८० आइतबार २०:४१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गरेको छ । यही पुस १७ गते मङ्गलवारदेखि ग्लोबल आईएमई बैंक १७ औँ वर्षमा प्रवेश गर्दैछ ।

याे अभियानअन्तर्गत नेपाल परिवार नियोजन सङ्घसँगको सहकार्यमा सात वटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न लागेकाे बैंकले जनाएकाे छ । शिविरमा स्त्रीरोग विज्ञहरूले महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरणलगायतका सेवा निःशुल्क रूपमा दिनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरिने र स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने विज्ञप्तिमा उल्लेख छ ।

यस अभियानअन्तर्गत बैंकले पुस ४ गते बुधवार सूदुरपश्चिमकाे बाजुरा जिल्लाको गौमुल गाँउपालिका–२ दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । जसमा एक सय ७० जना महिलाको स्वास्थ्य जाँच भएकाे थियो । 

यसैगरी बैंकले अरू छ वटा प्रदेशमा यही पुसमा शिविर सञ्चालन गर्नेछ । जसअन्तर्गत बाग्मती प्रदेशमा भरतपुर महानगरपालिका–८ काे गौरीगञ्ज स्वास्थ्य चौकी चितवनकाे शरदपुरमा पुस १३ गते, लुम्बिनी प्रदेशमा रैनादेवी छहरा गाउँपालिका–३ पाल्पाकाे छहरा स्वास्थ्य चौकीमा पुस १७ गते, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेतकाे जर्बुट्टा स्वास्थ्य चौकीमा पुस १८ गते, गण्डकी प्रदेशमा अन्नपूर्ण गाउँपालिका–६ म्याग्दीकाे पोखरेबजार आधारभूत विद्यालयमा पुस २१ गते र कोशी प्रदेशमा इलाम नगरपालिका–४ इलामकाे मलाटे स्वास्थ्य चौकीमा पुस २८ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी रहेको बैंकले जनाएकाे छ ।

स्वास्थ्य शिविर ग्रामीण तथा अर्धशहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरूमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया