उद्योगहरूमा बिजुली काटिएकोमा महासङ्घको ध्यानाकर्षण, अधिकार सम्पन्न आयोग बनाउन माग

 पुस ९, २०८० सोमबार १५:३२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घले डेडिकेटेड र ट्रङ्कलाइनको भुक्तानीसम्बन्धि विवाद टुङ्गोमा नपुग्दै उद्योगहरूको बिजुली लाइन काटिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । गएको भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा प्रधानमन्त्रीले नै लाइन नकाट्न आदेश दिएको स्मरण गराउँदै महासङ्घले अहिले बिजुली काटिएकोप्रति ध्यानकर्षण भएको जनाएको हो ।

बिजुली नकाटी समस्या समाधान हुनेमा उद्यमी व्यवसायी आश्वस्त भएको तर अहिले एकपछि अर्को गर्दै उद्योगमा बिजुली काटिन थालेका घटनाले उद्यमी व्यवसायी चिन्तित बनेको महासङ्घले निकालेको विज्ञप्तिमा उल्लेख छ । उद्यमी व्यवसायीले डेडिकेटेड र ट्रङ्कलाइनको उपभोगको नियमानुसार (टीओडी मिटरको आधारमा) तिर्नुपर्ने रकम तिर्न तयार रहेको बताएको भन्दै महासङ्घले यसबारे कानुनसम्मत रूपमा कुनै उद्योगले तिर्नुपर्ने देखिन्छ भने भुक्तानी गर्नुपर्ने र नतिर्नु पर्ने देखिएमा जबरजस्ती भुक्तानीका लागि बाध्य गर्न नहुने धारणा रहेको बताएको छ ।

समस्या समाधानका लागि तत्पर रहेको अवस्थामा यस विषयलाई टुङ्गोमा पुर्‍याउन एक उच्चस्तरीय अधिकार सम्पन्न आयोग स्थापना गनुपर्ने महासङ्घको माग छ । यस विषयमा अन्तिम टुङ्गो नलागेसम्म बिजुली काटिएका उद्योगको लाइन जोड्न र अन्य उद्योगको लाइन नकाट्न महासङ्घले विद्युत् प्राधिकरण र अन्य सरोकारवाला निकायसमक्ष आग्रह गरेको छ । यो विषय तत्काल सम्बोधन नभए धरै उद्योग बन्द हुनुका साथै रोजगारी र राजस्वमा समेत असर पर्ने पनि महासङ्घले चेतावनी दिएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया