नियमित बिल तिरेका छाैँ, विवादित प्रिमियमबापतको शुल्क मात्रै नतिरेको हाे : उद्योग परिसङ्घ

 पुस ९, २०८० सोमबार १९:४२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले विद्युत् प्राधिकरणले काटेको उद्योगहरूको बिजुली पुनः जोडेर समस्याको समाधान गर्न माग गर्नुभएको छ ।

आज साेमवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरेर परिसङ्घका अध्यक्ष अग्रवालले यस्ताे माग गर्नुभएकाे हाे । उहाँले उद्योगी व्यवसायीले बिजुलीकाे बिल नियमित तिर्दै आइरहेको दाबी गर्दै विवादित प्रिमियमको विषयको बिल मात्रै नतिरेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुवराज थापाले उद्योगधन्दा बन्द हुँदै गइरहेको अवस्थामा सरकारले निकास दिनुपर्ने ठाउँमा हठाथमा बिजुलीको तार काट्ने निर्णय गरेर उद्योग बन्द गराउने योजनामा अघि बढेको बताउनुभयो । यस्तै चिनी उत्पादक सङ्घका अध्यक्ष जगदीश अग्रवालले सरकारको अपरिपक्व निर्णयले गर्दा बजार र उद्योग क्षेत्रलाई अफ्ठ्यारो पर्ने बताउनुभयो  । व्यवसायी विष्णु न्यौपानेले आफूले प्रयोग नगरेको बिजुलीको बिल तिर्न नसक्ने बताउनुभयो ।

डेडिकेटेड र ट्रङ्कलाइन जोडेबापतको बिल नतिरेको भन्दै विद्युत् प्राधिकरणले नौ वटा उद्योगको लाइन काटेको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया