भृकुटीमण्डपमा घरजग्गा मेला हुँदै, २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान

 पुस १०, २०८० मंगलबार १०:४०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - काठमाण्डाैको भृकुटीमण्डपमा आठौँ घरजग्गा मेला हुने भएको छ । भृकुटीमण्डपमा पुस १२ गतेदेखि १५ गतेसम्म आठौँ घरजग्गा मेला हुने भएको हो ।

मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आबद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहने नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष विदुर धमलाले बताउनु भयो ।

उहाँले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुङ्गालगायत निर्माण सामग्री प्रदर्शनमा राखिने पनि बताउनु भयो । उहाँले अहिलेको देशको आर्थिक अवस्था केही असहज भए पनि क्रेता र बिक्रेताबीच सूचना आदानप्रदान हुने र जानकारी पाइने माध्यम बन्ने बताउनु भयो ।

हरेक नागरिकहरुका लागि यो मेला महत्त्वपूर्ण रहेकाले मेलामा आएर अहिलेको घरजग्गाको कारोबारहरुबारे चासो राख्न सकिने बताउनु भयो । उहाँले यस वर्ष २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने अपेक्षा राखेको बताउनु भयो ।

कोरोनाका कारण केही वर्षयता रोकिएको घरजग्गा मेला शुरु हुनुले थप सहजता थप्ने उहाँको विश्वास छ । मेलाको अवलोकन डेढ लाख मानिसहरुले गर्ने आयोजकले आकलन गरेको छ । उहाँले मेलाको लागि अन्तिम तयारी पूरा भइसकेको पनि बताउनु भयो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया