उद्याेगकाे बिजुली काट्ने प्राधिकरणकाे निर्णयमा पुनर्विचार हुनुपर्छ : अर्थमन्त्री महत

 पुस १०, २०८० मंगलबार १३:५३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगको बिजुली लाइन काट्ने विद्युत् प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्ने बताउनुभएको छ ।

अर्थमन्त्री महतले उद्योग व्यवसायका साथै समग्र अर्थतन्त्र नै कमजोर रहेकाे समयमा प्राधिकरणले लिएको अप्रिय निर्णय पुनर्विचार गर्नुपर्ने बताउनुभएको हो । उहाँले विभिन्न उद्योगमा भइरहेको अहिलेको दबाबलाई सोचेर मात्रै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

न्युज एजेन्सी नेपालसँग चितवनमा कुरा गर्दै अर्थमन्त्रीले लोडशेडिङ हुँदा दिएको डेडिकेटेड लाइनबारेकाे विवादलाई लिएर उद्योगको बिजुली काट्ने कुरामा प्राधिकरणले पुनर्विचार गर्नुपर्ने बताउनुभयो । उद्याेगले तिर्नुपर्ने रकम कति हो भन्ने कुराको टुङ्गाे लागेपछि यस्ताे निर्णय लिन उपयुक्त हुने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘लाेडशेडिङ हुने गरेकाे समयमा उद्याेगलाई डेडिकेटेड लाइन दिइएकाे थियाे । त्यसबापत उद्याेगले तिर्नुपर्ने रकमकाे निर्क्याेल गरेर मात्र प्राधिकरणले यस्ताे निर्णय लिनुपर्छ । अहिले सिमेन्ट लगायत विभिन्न उद्योगमा दबाब भइरहेको अवस्थामा विचार पुर्‍याएर काम गर्नुपर्छ । कानुन, व्यवस्थाअनुसार तिर्नैपर्ने कुरा त तिर्नुपर्दैन भन्ने हुँदैन ।’

अर्थमन्त्री महतले सरकारले अफ्ठ्यारो परेकाे बेलामा उद्योगी व्यवसायीलाई राहत दिनुपर्ने बताउनुभयो । 

डेडिकेटेड र ट्रङ्कलाइन जोडेबापतको बिल नतिरेको भन्दै विद्युत् प्राधिकरणले नौ वटा उद्योगको लाइन काटेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया