शेयर बजार १७ अङ्कले घट्यो, ५ अर्ब २४ करोड रुपैयाँको कारोबार

 पुस ११, २०८० बुधबार १५:१७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बुधवार दाेहाेराे अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव २३ अङ्कले घटेर दुई हजार ७० दशमलव ८४ विन्दुमा झरेको छ ।

आज म्युचल फन्ड र निर्जीवन बीमा समूहबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धरै वीपीडब्ल्यू लघुवित्त र हिमालयन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेपनि आज सात वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज एक करोड ४३ लाख ३७ हजार कित्ता शेयर पाँच अर्ब २४ करोड ८७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १९ करोड ६६ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया