गाजामा सहयोग गर्दै आएको राष्ट्रसङ्घीय निकायलाई दिँदै आएको सहयोग बेलायतले पनि रोक्यो

 माघ १४, २०८० आइतबार १२:४:५८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – बेलायतले प्यालेस्टिनी शरणार्थीका लागि काम गर्दै आएको संयुक्त राष्ट्र सङ्घको राहत संस्था (यूएनआरडब्ल्यूए) को लागि गर्दै आएको सहयोग रोक्ने घोषणा गरेको छ । गएको अक्टोबर ७ मा इजरायलमाथि हमास लडाकुहरुले गरेको आक्रमणमा यूएनआरडब्ल्यूएका कर्मचारी पनि संलग्न रहेको आरोप लागेपछि बेलायतले सहयोग रोक्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।

इजरायलले आफ्नो भूमिमा भएको आक्रमणमा यूएनआरडब्ल्यूएका कर्मचारीहरु पनि संलग्न भएको आरोप लगाएको हो । बेलायतले इजरायलले लगाएको आरोपबाट स्तब्ध भएको भन्दै आरोप माथि अनुसन्धान पूरा नहुन्जेल सहयोग रोक्ने बताएको हो । 

अमेरिका, अष्ट्रेलिया, इटाली र क्यानडाले यसअघि नै संयुक्त राष्ट्रसंघको यूएनआरडब्ल्यूएलाई दिने सहयोग रोक्ने घोषणा गरिसकेका छन् । अहिले आयरल्याण्ड र नर्वेले मात्रै सहयोगलाई निरन्तरता दिएका छन् ।

अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि इजरायलले गाजा क्षेत्रमा आक्रमण गरिरहेको छ । गाजामा विस्थापित भएका झण्डै २० लाख मानिस यूएनआरडब्ल्यूए को सहयोगमा निर्भर रहेका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया