नीतीश कुमार नवाैँ पटक बिहारकाे मुख्यमन्त्री नियुक्त

 माघ १४, २०८० आइतबार १८:४५:१० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

नीतीश कुमार नवौँ पटक बिहारको मुख्यमन्त्री बन्नुभएको हो । नीतीश कुमारले आजै बिहान बिहारको राजभवनमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरलाई भेटेर आफ्नो राजीनामा बुझाउनुभएको थियो ।

उहाँ यसअघि कांग्रेस आई, कम्युनिस्ट लगायतका दलसँगको गठबन्धनमा आवद्ध भएकोमा आज भारतीय जनता पार्टीसँगको गठबन्धनमा लाग्नुभएको छ । पदको लोभी भएको भन्दै नीतीश कुमारको चर्को आलोचना भइरहेको छ । भारतमा यसै वर्ष आमचुनाव हुँदैछ र यो राजीनामा र नियुक्तिलाई चुनावअघिको चलखेलका रूपमा लिइएको छ । उहाँलाई सत्ताका लागि जता पनि ढल्कने र जोसँग पनि मिल्ने अवसरवादी नेताको आरोप लाग्दै आएको छ ।

नीतीश कुमार पछिल्लो दुई दशकदेखि बिहारको राजनीतिको केन्द्र बन्नुभएको छ । बितेको एक दशकमा उहाँले पाँचौँ पटक गठबन्धन फेर्नुभएको छ । अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्दै नीतीश बीजेपीबाट बाहिरिँदै सन् २०१४ मा लोकसभा चुनाव एक्लै लड्नुभएको थियो । २० सिट भएको जनता दल युनाइटेड पछिल्लो लोकसभा चुनावमा दुई सिटमा समेटियो । चुनावमा निराशाजनक नतिजापछि नीतीशले राष्ट्रिय जनता दल र कांग्रेस पार्टीसँग गठबन्धन गर्नुभएको थियो ।

नीतीश कुमारले सन् २००० मा पहिलाे पटक बिहारकाे मुख्यमन्त्रीकाे शपथ लिनुभएकाे थियाे । त्यसयता उहाँले सन् २००५, २०१०, २०१५ (दुई पटक), २०१७, २०२०, २०२२ मा मुख्यमन्त्रीकाे शपथ लिनुभएकाे थियाे ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया