आठबीसकोट नगरपालिका – ३ मा विवाहको कार्डमा बेहुला र बेहुलीको जन्मदर्ता अनिवार्य

 फागुन २०, २०८० आइतबार १२:९:३२ | रासस
unn.prixa.net

काठमाण्डौ – रुकुमपश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ३ ले विवाहको निमन्त्रणा कार्डमा बेहुला र बेहुलीको जन्ममिति अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । बालविवाह रोक्नको लागि निमन्त्रणा कार्डमै जन्म मिति उल्लेख गर्नुपर्ने व्यवस्था गरेको वडाध्यक्ष केशरमान विकले जानकारी दिनुभयो ।

वडामा गएको साउनपछि १० जोडीले बालविवाह गरेको तथ्याङक छ । जसमध्ये एक जोडीको विवाह वडा कार्यालयले रोकेको छ । वालविवाह रोक्नको लागि सचेतनामूलक लगायतका धेरै कार्यक्रम गरेपनि सफल नभएपछि निमन्त्रणा कार्डमा जन्ममिति अनिवार्य गरेको उहाँले बताउनुभयो ।

वडा भित्रकै जोडीको जन्ममिति वडामा रहेको जन्मदर्ता विवरणबाट खुल्ने र अरु पालिकाका बेहुला वा बेहुली भए पनि सम्बन्धित पालिकासँग समन्वय गरेर जन्मदर्ताको विवरण मगाउने गरेको वडाध्यक्ष बिकले बताउनुभयो ।

वडा कार्यालयले २०७५ सालको मङ्सिर १५ गतेदेखि जाँडरक्सी तथा चुरोटबिँडी बिक्रीवितरण तथा प्रयोगमा पनि रोक लगाएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया