भोजपुरबाट विराटनगर जाँदै गरेको बस पल्टियो, सात जना घाइते

 साउन २६, २०७६ आइतबार ९:१०:८ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – भोजपुरको अन्नपूर्णबाट विराटनगरको लागि छुटेको यात्रुवाहक बस पल्टिँदा सात जना घाइते भएका छन् ।

मे १ ख ३१६४ नम्बरको गाडी मध्यपहाडी लोकमार्गअन्तर्गत  गुप्तेश्वर र सिद्धेश्वर सिमाना चप्पिरे खोलानजिकै पल्टेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताउनुभयो । 

घुम्ती काट्ने क्रममा बस भित्तामा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा परि घाइते भएका ७ जनालाई जिल्ला अस्पताल भोजपुरमा भर्ना गरिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा झापा हल्दिवारी ५का वर्ष ३० का सहचालक अर्जुन लिम्बू र भोजपुर नगरपालिका –३ की २२ वर्षीय संगिता प्रधान रहेकी छिन् । उनीहरुको टाउकोलगायत विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ । 

घाइतेहरुमा भोजपुर नगरपालिका–३, का २४ वर्षीया मनीषा श्रेष्ठ, १७ वर्षीया अस्मिता  श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र ११ वर्षीय विवेक श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै इलाम घर भएका बस धनी ३५ वर्षीय अर्जुन लिम्बू, टेम्केमैयुङ गाउँपालिका ३ की ५५ वर्षीय गंगादेवी राई मोरङ घर भएकी २१ वर्षीया सविना गौतम भट्टराई र इलाम घर भएका चालक सन्तकुमार फागो सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बसमा १२ जना यात्रु रहेकाे प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया