सडक खन्दै गरेको एक्साभेटरमा आगजनी

 जेठ १९, २०७५ शनिबार ९:१७:२७ | सन्तोष थापा

पर्वत, जेठ १९ – पर्वतको फलेवास नगरपालिकामा बाटो खन्दै गरेको एक्साभेटरमा अज्ञात समूहले आगो लगाएका छन् ।

शुक्रबार राति ११ बजेको समयमा फलेवास नगरपालिका–५, खानीगाउँमा सडकमा रोकेको कुश्मा कन्ट्रक्सन प्रा.लि.को एक्साभेटरमा आगो लगाइएको हो ।

पेट्रोल खनाएर एक्साभेटरमा आगो लगाएको पाइएको प्रहरीले जनाएको छ । आगालागीबाट एक्साभेटर पूर्णरुपमा क्षति भएको छ । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले राति ११ बजे अज्ञात व्यक्तिले एक्साभेटरमा आगो लगाएको बताउनुभयो ।

जैमिनीघाटबाट बाटो चक्लाबन्दी गर्दै झकलाकसम्म पुर्याएर रोकिराखेको एक्साभेटरमा आगो लगाइएको हो । फलेवास नगरपालिकाले प्रदेश राजधानीसम्म जोड्नका लागि फलेवासबाट सडकलाई ११ मिटर फराकिलो बनाउने कार्य गरिरहेको छ । 
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया